लगातारको आन्दोलनपछि हङकङको सुपुर्दगी विधेयक फिर्ता

Prabhu Bank

काठमाडौं।तीन महिनासम्मको लगातारको आन्दोलनपछि हङकङले सुपुर्दगी विधेयक फिर्ता लिएको छ।

Saftey Pads

हङकङकी प्रमुख क्यारी लामले बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी हुन्।

हङकङ चीनको यस्तो ठाउँ हो, जुन चीनभित्र त पर्छ तर, बेइजिङको कानुन मान्दैन्। अर्थात् चीन र हङकङ एक देश दुई व्यवस्था हुन्।

करिब चार महिनाअघि हङकङको विधायिकाले हिरासतमा रहेकालाई चीन सुपुर्दगी गर्नेसम्बन्धी विधेयक ल्याएको थियो।

झन्डै २० लाख मानिस सडकमा उत्रिएर विधेयकको विरोध गरेपछि प्रमुख लामले विधेयक अघि नबढाउने बतएकी थिइन्, तर फिर्ता भने लिएको थिएन।

त्यसपछि आन्दोलनकारीले थप मागसमेत राखेर आन्दोलन चर्काएका थिए। सप्ताहन्तमा हुने ठूला प्रदर्शनले हङकङको जनजीवन प्रभावित भएको थियो।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा कोलकाता ७ विकेटले विजयी

केही समयअघि प्रदर्शनकारीले अन्तराष्ट्रिय विमानस्थलमा समेत अवरोध गरेका थिए। आन्दोलनकारीले हङकङस्थित बेङजिङको सम्पर्क कार्यालयमा पनि तोडफोड गरिदिएका थिए।

चीनले हङकङको आन्दोलन दबाउन जनमुक्ति सेना परिचालन गर्न सक्ने अड्कलबाजी गरिएको थियो। हङकङको सीमानजिकै जनमुक्ति सेनाले तालिम पनि थालेको थियो।

Maruti Cement