पूर्वसभासद कार्की पक्राउ

Prabhu Bank

काठमाडौं।तत्कालीन नेकपा एमालेका सभासद डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन्।

Saftey Pads

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बिहीबार बिहान कलंकीबाट पक्राउ गरेको हो।

इन्स्पेक्टर बनाउँछु भन्दै घुस लिएको अभियोगमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको थयो ।

उनी नौ वर्ष पहिले घुससहित पक्राउ परेका थिए। लमजुङबाट तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो।

पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए। दोषी ठहर गरेपछि पनि कार्की फरार थिए।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा किशोरीसहित तीनको शव भेटियो
Maruti Cement