अमेरिकाको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

Prabhu Bank

काठमाडौं।अमेरिकाको मिजुरी राज्यमा गत मंगलबार भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ।

Saftey Pads

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा भक्तपुरका श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन्।

श्रद्धाका बुबा–आमा अमेरिका घुम्न नेपालबाट गएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा भने अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिकाको अवस्था चिन्ताजनक छ।

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको थियो। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानमा भिसा लिने लाइनमा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Maruti Cement