कृषिमन्त्रीलाई समेत छोडेन डेंगुले

Prabhu Bank

काठमाडौं।कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण भएको छ।

Saftey Pads

अस्वस्थ भएपछि बुधबार ग्रान्डी अस्पताल पुर्याएका मन्त्रीलाई डेंगु संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउँन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए। निदानले उनलाई डेंगुको परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो।

बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेको खनालका प्रेस संयोजक बोमलाल गिरीले बताए।

उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा
Maruti Cement