सरकारका गतिविधि जनभावना विपरीतः देउवा

Prabhu Bank

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्।

Saftey Pads

उनले यही व्यवस्थामा जनताले चाहेको आर्थिक, सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न सरकारलाई सचेत गराउनुपर्ने बताए।

सभापति देउवाले सरकारका हरेक गतिविधि जनभावना, संविधानविपरीत भएको उल्लेख गर्दै जनताको निराशा बढेको बताए। बिहीबारबाट काठमाडौंमा सुरु ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

उनले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाई लड्नुपर्नेमा जोड दिए।

अन्य सम्बन्धित समाचार:  वामपन्थको बाह्रखरी: ओ ओली बा, कमरेड क, चरी चुच्चे च राष्ट्रवादी र…
Maruti Cement