मनकामना केबलकार ५ दिन बन्द

Prabhu Bank

काठमाडौं।मनकामना केबलकार पाँच दिन बन्द हुने भएको छ।

Saftey Pads

आगामी २२ भदौदेखि २६ गतेसम्म केबलकार सेवा बन्द हुने भएको हो। केबलकार पुनः २७ भदौदेखि नियमित संचालन हुने बताइएको छ।

मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको केबलकार मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको जानकारी दिएको छ।

मनकामना दर्शन प्रालिले बिहीबार एक सूचना जारी गरी पाँच दिनसम्म बन्द हुन लागेको जनाएको हो। केबलकार विगत २० वर्षदेखि सञ्चालनमा छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार मुद्दा अघि बढ्ने
Maruti Cement