भारतबाट करोड बढी नेपाली रुपैयाँ चोरी भएको खुलासा

काठमाडौं।चिनियाँ ह्याकरले एटिएमबाट पैसा चोरेको घटना सेलाउन नपाउँदै भारतबाट पनि नेपाली बैंकको रकम चोरी भएको खुलेको छ।

हाम्रो खबरले लेखेअनुसार नेप्समा आवद्ध सदस्य बैंकहरुको क्लोन भिसा कार्ड प्रयोग गरी भारतका २४ बैंकको एटीएम मेसिन प्रयोग गरी एक करोड ६९ लाख ३९ हजार पाँच सय २० नेपाली रुपैयाँ निकालिएको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।

अनुसन्धानमा १३२ एटिएमबाट एक करोड पाँच लाख ८७ हजार दुई सय भारतीय रुपैयाँ अर्थात एक करोड ६९ लाख ३९ हजार पाँच सय २० नेपाली रुपैयाँ निकालेको पाइएको हो।

नेपालका जम्मा सात ओटा बैंकबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबर रकम चोरी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी