दूधको मूल्य बढ्योः अस्पतालको शैयाबाटै कृषिमन्त्रीले गरे फाइल स्वीकृत

Prabhu Bank

काठमाडौं।बिहीबारदेखि सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढाउने निर्णय गरेको छ।

Saftey Pads

कृषिमन्त्री चक्रपाणि खनालले अस्पतालको शैयाबाटै दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेका हुन्। मन्त्री खनाल डेंगु ज्वरोको प्रकोपको कारण ग्राण्डी अस्पतालमा उपचाररत छन्।

दूग्ध विकास संस्थानको बैठकपछि आज बेलुकी निर्णय सार्वजनिक गरिने बताइएको छ।

बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले जानकारी दिए।

बढेको दूधको मूल्य शनिबारदेखि लागू हुने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  प्युठान: भतिजाले बाँदर धपाउन हानेको गोली लागेर काकाको ज्यान गयो
Maruti Cement