काबुलमा बम विस्फोट, कम्तीमा १० को मृत्यु

Prabhu Bank

काठमाडौं।अफगानिस्तानको राजधानी काबुलमा बिहीबार कूटनीतिक नियोगहरु रहेका ठाउँमा कार बम विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

Saftey Pads

स्थानीय समयानुसार बिहान १० बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको विस्फोटमा परी कम्तीमा  १० जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अफिगानिस्तानको समाचार संस्था डीडब्ल्यूले जनाएको छ।

विस्फोटको जिम्मा आतंकवादी समूह तालिबानले लिएको छ। यसअघि सोमबार राति पनि तालिबानले काबुलमा विस्फोट गरेको थियो। उक्त विस्फोटमा परी १६ जनाको ज्यान गएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट जनताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य: प्रम (पूर्णपाठ सहित)
Maruti Cement