कृषिमन्त्री खनाल आइसियुमा

Prabhu Bank

काठमाडौं। डेंगुबाट संक्रमित कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालको आइसियुमा राखी उपचार थालिएको छ।

Saftey Pads

मन्त्रीको सचिवालयका अनुसार अस्पतालमा शुभचिन्तकहरुको बाक्लो उपस्थित हुन थालेपछि मन्त्री खनाललाई आइसियुमा सारिएको हो।

अवस्था गम्भीर भएकाले नभई आराम आवश्यक रहेकाले आइसियुमा सारिएको सचिवालयले जनाएको छ। निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखा परेपछि मन्त्री खनाल बुधबार दिउँसो ग्राण्डी अस्पतालमा भर्ना भएका थिए।

मन्त्री खनाललाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित अस्पतालमा रगत परीक्षण गरिएको थियो।

सो परीक्षणबाट उनलाई डेंगु संक्रमण देखिएको थियो।

सम्बन्धीत समाचारः

–कृषिमन्त्रीलाई समेत छोडेन डेंगुले

–दूधको मूल्य बढ्योः अस्पतालको शैयाबाटै कृषिमन्त्रीले गरे फाइल स्वीकृत

अन्य सम्बन्धित समाचार:  शुक्रबारदेखि बडादसैँ समापन हुँदै
Maruti Cement