गाई हत्याबारे छानबिन टोली घटनास्थलमा

Prabhu Bank

काठमाडौं।सुर्खेतको कटुकामा भएको गाईहत्याबारे छानबिन गर्न गृह मन्त्रालयबाट खटिएको छानबिन टोलीले आफ्नो काम थालेको छ।

Saftey Pads

उक्त टोलीले घटनास्थल शिरिस्थान पुगेर सोधपुछ गर्नाका साथै जिल्ला समन्वय समितिबाट त्यस घटनासँग सम्बन्धित कागजात पनि लिएको छ। भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर थापा र दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीसँग फोनमार्फत कुराकानी पनि गरिएको टोलीका संयोजक सागरमणि पाठकले जानकारी दिनुभयो।

बुधबार साँझ दैलेख आएको टोलीले बिहीबार बिहान जिल्ला समन्वय समितिका संयोजक प्रेम थापालगायतसँग छलफल गरेको थियो। यसअघि नेपालगञ्जबाट पनि सात जनाको छानबिन टोली दैलेख आई विभिन्न निकायसँग सोधपुछ गरिसकेको थियो।

जिल्ला समन्वय समितिले उन्नत गाई पठाइदिन पठाएको आधिकारिक पत्रबारे पनि अहिले भिन्न–भिन्न बहस हुन थालेको छ।

अन्य सम्बन्धित समाचार:  काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमण

उक्त समितिले किसानलाई निःशुल्क उन्नत गाई उपलब्ध गराउने निर्णयसहित भदौ ८ गते पत्र पठाएको थियो।
रासस

यो पनि पढ्नुहोस्ः

गौहत्या प्रकरणः घटनालाई मोड्न रातारात नक्कली पत्र

कुकुर र गौहत्याको विरोधमा प्रदर्शन

गौहत्या प्रकरणः गृहद्वारा ४ सदस्यीय छानबिन टोली गठन

गौहत्या गर्नेलाई कारवाही गर्न महासंघको आग्रह

सुर्खेतमा मृत गाई–गोरुको संख्या ३० पुग्यो, १४२ गाई नेपालगन्ज फिर्ता

सुर्खेतमा २३ गाई मृत भेटिए, हत्या गरिएको आशंका

 

Maruti Cement