रविकी पूर्वपत्नी इशा समुन्द्री किनारामा प्रेमीसँग देखिइन्(फोटो/भिडियो)

काठमाडौं।एउटा नेपाली उखान छ, ‘जस्तो बाउ, उस्तै छोरा’ यही उखानलाई चरितार्थ गर्न पुगेकी छिन्, पत्रकार रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने।

त्यसो त इशाको बारेमा धेरैले भावनात्मक कुराहरु गर्ने गर्छन्। तर, अब भने इशाले आफ्नो भावनाको कदर गर्नेहरुलाई पँगु बनाइसकेकी छिन्।

हालसालै एउटा भिडियो सार्वजनिक भएको छ, जुन भिडियोले इशा पनि पूर्वपति रविजस्तै अर्कैसँग रमाएरै बसेका छन् भन्ने देखाएको छ।

अनलाइन टिभी अन्नपूर्णले सार्वजनिक गरेको उक्त भिडियोमा रविकी पूर्वपत्नी इशा समुन्द्री किनारामा एक पुरुषसँग रोमान्स गरिरहेकी स्पष्ट देख्न सकिन्छ।

भिडियोमा उल्लेख गरेअनुसार मिलन सापकोटा नाम गरेका ती पुरुष अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन्। उक्त विषयमा सापकोटासँग जिज्ञासा राख्दा उनले यसबारे समाचार सम्प्रेषण नगर्न सुझाएका थिए।

सापकोटा र इशाले यात्राका क्रममा कारमै रहेको बेलासमेत आफूहरुलाई प्रेमी प्रेमीकाकै रुपमा प्रस्तुत हुने गरी केही टिकटक भिडियोहरु पनि बनाएका छन्।

गत २७ अगस्टमा रवि हिरासतमै रहेका बेला इशाको जन्मदिनमा सापकोटाले ‘माइ स्वीटहर्ट’ भनेर वीस गरेका देखिएको छ।

यी सम्बन्धहरुको बारेमा जानकार नभएकाहरुले इशाका बारेमा भावनात्मक कुरा गर्नु स्वाभाविक हो। तर, कानूनी रुपमा सम्बन्धविच्छेद गरेकी र अर्को पुरुषसँग गहिरो प्रेम सम्बन्धमा रहेकी इशाका विषयलाई लिएर नेपालमा एउटा पत्रकारिताको माध्यमबाट लोकप्रिय बनेका पत्रकार रवि लामिछानेको हुर्मद लिने कार्य भने पक्कै सोचनीय विषय हो।

भिडियो:

थप फोटोहरुः

तपाईंको प्रतिक्रिया/टिप्पणी