सेनाले बोलायो पृतनापति सम्मेलन

Prabhu Bank

काठमाडौं।नेपाली सेनाले राजधानीमा पृतनापति सम्मेलन बोलाएको छ।

Saftey Pads

सम्मेलन शुक्रबारबाट सुरु भइ तीनदिनसम्म चल्ने छ। सम्मेलनमा वर्तमान सुरक्षा चूनौती र भावी रणनीतिका बारेमा छलफल हुनुका साथै प्रधानसेनापतिले आफ्नो एक वर्षे कार्यकालमा लागू गरेका नीतिको बारेमा समेत समीक्षा हुने छ।

सेनाले प्रत्येक वर्ष पृतनापति सम्मेलन गर्दै आएको छ। सम्मेलनमा पूर्वी पृतनापति उपरथी अनन्त कार्की, मध्यपुर्वी पृतनापति नरेशचन्द्र भट्ट,मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति निरन्जन श्रेष्ठ,पश्चिम पृतनापति काजिबहादुर कार्की, उत्तरपश्चि पृतनापति सरोजप्रताप राणा,मध्यपृतनापति सिताराम खड्का र सुदुरपश्चिम पृतनापति बालकृष्ण कार्कीसहित पिएसओज सहभागी हुँदैछन्।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा
Maruti Cement