किशोरीमाथि एसिड प्रहार, एक जना प्रहरी नियन्त्रणमा

Prabhu Bank

वीरगंज । वीरगंजमा एक किशोरीमाथि एसिड प्रहार भएको छ।

Saftey Pads

वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन्।

घरबाट करिब १ किलोमिटर पूर्व उत्तरमा रहेको विद्यालय जाने क्रममा बिहान ६ः१५ बजे सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए।

घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न अर्का मजिद आलमको खोजी कार्य भइरहेको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले बताए।

एकपक्षीय प्रेमका कारण एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: बिहे भोज खाएका एकै गाउँका २४ जना बिरामी

एसिड प्रहारबाट किशोरी मुस्कानको गाला र जीउमा पोलेको छ। उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Maruti Cement