प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्।

Saftey Pads

प्रधानमन्त्री ओली थाई एअरको विमानबाट मध्यान्ह १२ बजे अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएका हुन्।

उपचारका लागि भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओली १५ दिनपछि स्वदेश फर्किन लागेका हुन्।

प्लाज्मा फेरिसस प्रक्रियाबाट गरिएको उपचारले काम गरेपछि प्रधानमन्त्री पूर्ण रूपमा निको भएर आज फर्किन लागेको उनको स्वकीय सचिवालयले जनाएको छ।

ओलीसँगै उनलाई लिन सिंगापुर नै पुगेका नेकपा सचिवालय सदस्य वामदेव गौतम र विष्णु पौडेल पनि ओलीसँगै स्वदेश फर्किँदै छन्। प्रधानमन्त्रीले बोलाएपछि पौडेले मंगलबार र गौतम बुधबार सिंगापुर गएका थिए।

प्रधानमन्त्रीसँगै भदौ ५ गते नै सिंगापुर गएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नीजि डाक्टरहरु दिब्या सिंह शाह र दिलिप शर्मा यसअघिनै नेपाल फर्किसकेका छन् भने सुरुदेखि नै साथमा रहेका प्रधानमन्त्री पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्य पनि प्रधानमन्त्रीसँगै नेपाल आउँदैछन्।

अन्य सम्बन्धित समाचार:  मोरङबाट विप्लव समूहका कम्पनी कमिसारसहित दुई पक्राउ
Maruti Cement