जिम्बाब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेको निधन

Prabhu Bank

काठमाडौं । जिम्माब्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा निधन भएको छ।

Saftey Pads

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सिंगापुर गएका उनको त्यही उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।

जिम्बाब्बेका हालका राष्ट्रपति इमर्सन मनगावाले एक ट्वीट गर्दै मुगावेको निधन भएको उल्लेख गरेका छन्।

उनले मुगावेको मृत्युबाट आफू स्तब्ध भएको जनाएका छन्।

मुगावेले सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर ३७ वर्ष सत्ताको नेतृत्व गरेका थिए। जिम्बाबेको राजनीतिक, सामाजिक एवं सामरिक सबै क्षेत्रमा विना कुनै चुनौती उनले निरन्तर पकड जमाएका थिए।

तर, जीवनको आखिरीमा उनी पार्टी्भित्रैबाट एक्लिएर सत्ताबाट बाहिरिएका थिए।

सेनासँगको विवादपछि उनलाई २ वर्षअघि सन् २०१७ मा सेनाले पदमुक्त गराएको थियो। उनी बर्खास्तपछि हाल जिम्बाब्बेमा इमर्सन मनगावा राष्ट्रपतिको भूमिकामा छन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंकामा
Maruti Cement