प्रदेश तीनको स्थायी राजधानी हेटौँडा नै हुन्छः कमल थापा

Prabhu Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटांँडानै हुने दाबी गरेका छन्।

Saftey Pads

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौँडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरेका हुन्।

आफ्नो गृह जिल्ला मात्र नभइ राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौँडालाई संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको रुपमा आफूले प्रदेश ३ को अस्थायी राजधानी घोषणा गरेको पनि स्पष्ट पारे।

अध्यक्ष थापाले पहिला पनि माध्यामाञ्चल क्षेत्रको केन्द्रको रुपमा रहेको र यातायातको दृष्टिकोणबाट पनि अत्यन्तै सुगम रहेको तथा पूर्वाधारका अन्य व्यवस्था पनि भएकाले हेटौँडा प्रदेश ३ को राजधानी बनाउन उपयुक्त हुने तर्क पनि गरे।

अन्य सम्बन्धित समाचार:  दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै
Maruti Cement