एसिड आक्रमणमा परेकी किशोरीलाई उपचारका लागि काठमाडौं ल्याइँदै

Prabhu Bank

काठमाडौं । एसिड आक्रमणमा परेकी वीरगञ्ज महानगरपालिका–३ कि १५ वर्षीया किशोरीलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

Saftey Pads

एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएको हो।

एसिड आक्रमण परेकी खातुन थरकी किशोरीको मुख र छातीमा समस्या देखिएको छ।

वीरगञ्ज महानगरपालिका–६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका–२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत किशोरीलाई एसिड प्रहार गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
Maruti Cement