नेपालमै पर्यटन विश्वविद्यालय स्थापना गर्छौंः मन्त्री भट्टराई

Prabhu Bank

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमै पर्यटन विश्वविद्यालय स्थापना गरिने बताएका छन्।

Saftey Pads

शुक्रबार राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान)को ४१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटनको जनशक्ति उत्पादन गर्न सरकार छिट्टै विश्व विद्यालय स्थापनाको घोषणा गर्ने तयारीमा रहेको बताएका हुन्।

उनले यसका लागि ऐनको खाका बनिसकेको र अब मन्त्रीपरिषदबाट स्वीकृत गराउन मात्र बाँकी रहेको बताए।

उनले भने, ’हामी सबै पर्यटन व्यवसायीसँग मासिक परामर्श गर्छौं। यसका लागि सम्बन्धित क्षेत्रका व्यवसायीलाई राखेर गोलमेच सम्मेलन गर्छौं।’
मन्त्री भट्टराईले नेपालको नकारात्मक प्रचार हुने प्रतिक्रिया नदिन आग्रह गरे।

उनले भने,’ नेपालको नकारात्मक प्रचार हुने प्रतिक्रिया नदिनुहोस्। हामी हाम्रा हिमाल जोगाउँछौं। हामी कुनै हिमालमा जान रोक लाउँदैनौं। विदेशीको अगाडि कुनै आँच आउने काम नगरौं।’

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

उनले नेपाल सुरक्षित रहेको दावी गरे।उनले भने,’ नेपालमा अहिले जनताको शासन छ, कुनै पर्यटन व्यवसायी हेपिनु पर्दैन। राणा शासन छैन जनताको शासन छ।’ साथै उनले सगरमाथा सुधारको प्रतिबेदनको सुझाव कार्यान्वयन हुनेमा विश्वस्त हुन पनि आग्रह गरे।

Maruti Cement