नेपाली सेनाको ट्रकले ठक्कर दिँदा कलाकारको मृत्यु

Prabhu Bank

काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा त्रिपुरेश्वरमा एक जना कलाकारको मृत्यु भएको छ ।

Saftey Pads

मोटरसाइकलमा सवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका सहसचिव लेखबहादुर पुनको मृत्यु भएको हो।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा१ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा८६प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक पुनको मृत्यु भएको हो।

प्रहरीका अनुसार ट्रक चालक जीवन अधिकारी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  स्याङ्जा: हत्या अभियोगमा चार जना पक्राउ
Maruti Cement