साझा पार्टीका संयोजक ‘ओली जाम’मा परेपछि….

Prabhu Bank

काठमाण्डौं।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भ्रमण वर्ष शुरु गर्नु अगावै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिभिआइपी उडान व्यवस्थापन बारे तालिम लिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। पार्टीका कार्यक्रमहरूमा सहभागि हुन शुक्रबार  विराटनगर प्रस्थान गर्न लागेका मिश्रले एयर ट्राफिक जाममा परेपछि विमानस्थल व्यवस्थापन बारे टिप्पणी गरेका हुन।

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि सिंगापुरबाट स्वदेश फर्किनेबेला  सबै आन्तरिक तथा बाह्य उडानहरू बन्द गरिएको छ। भिभिआइपी उडानका नाममा नियमित उडानहरू बन्द भएपछि सर्वसाधारणहरू मर्कामा परेका छन्। प्रदेश नं.१ को राजधानी विराटनगर प्रस्थान गर्न लागेका मिश्रले पनि प्रधानमन्त्री स्वदेश फर्किने भन्दै अन्य उडानहरू बन्द भएपछि विमानस्थलमा आफू लगायत अन्य यात्रुहरू १ घण्टा भन्दा बढी समय देखि उडानका लागि प्रतीक्षारत रहेको र अझै आधा घण्टापछि उडान सुचारु हुने जानकारी पाएको बताए।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा

मिश्रले भिभिआइपी उडानका बेलाको अस्तव्यस्त विमानस्थल व्यवस्थापनलाई व्यङ्ग्य गर्दै आफू ‘ओली जाम’मा परेको सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन्।

Maruti Cement