गायक सुकदेव अधिकारीको ‘कल्ले बोलायो’

काठमाडौं । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक सुकदेव अधिकारीको नयाँ गीत बजारमा आएको छ।

लोकेश खत्रीको निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो ‘कल्ले बोलायो’ युट्युबमार्फत सार्वजनिक गरिएको हो।

दर्शक स्रोताको रोजाइअनुसार निर्माण गरिएको यस गीतमा गायक सुकदेव र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ।

रुद्र जि.एम.को शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका छन्। म्युजिक भिडियोमा चर्चित मोडेल विमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहको छ।

निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दीपक विष्टको रहेको छ।

गीतको म्युजिक भिडियोलाई भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस्

तपाईंको प्रतिक्रिया/टिप्पणी