मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीर छः गृहमन्त्री

Prabhu Bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकार गम्भीरताका साथ लागेको बताएका छन्।

Saftey Pads

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको प्रयास गरिरहेको बताएका हुन्।

उनले कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको बताए।

मानव बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको दाबी गरे।

अन्य सम्बन्धित समाचार:  सरकारी सहुलियतको खसीबोकाको मूल्य प्रतिकिलो ५६०
Maruti Cement