देवरको मुङ्ग्रो प्रहारबाट भाउजू घाइते

Prabhu Bank

भद्रपुर। झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा शुक्रबार बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन्।

Saftey Pads

घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ। प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  रमेश महर्जनको अध्यक्षतामा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ गठन
Maruti Cement