सिंगापुरबाट फर्किनेबित्तिकै ओली र प्रचण्डबीच भेटघाट

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।

Saftey Pads

सिंगापुरबाट फर्किनेबित्तिकै शुक्रबार दिउँसो प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि,पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए।

आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रधानमन्त्रीले प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए।

प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले एकपटक सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चार जना केन्द्रीय सदस्य थप गरेका थिए।

अन्य सम्बन्धित समाचार:  क्लिन फीड पूर्णरुपमा लागू भएपछि ग्राहकले तिर्नुपर्ने शुल्क बढ्ने

यही बीचमा प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए। दुई अध्यक्षको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

Maruti Cement