टोखामा सेतो काग भेटियो : कालो काग कसरी सेतो हुन्छ ?

Prabhu Bank

काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो। काग कालो हुन्छ भन्ने त सबैलाई थाहा हुन्छ। तर सेतो काग भेटिएपछि यसको चर्चा सुरु भएको छ।

Saftey Pads

चराविद् र अध्ययन अनुसन्धानमा लागेकाहरु दगं परेका छन्। चराविद्हरु उत्साही भएका छन् भने प्राणीविज्ञहरु थप अनुसन्धान आवश्यक रहेको बताउँछन्।

सन १९८६ को सेप्टेम्बर महिनामा प्रा.डा. तेजकुमार श्रेष्ठले काठमाण्डौको कुलेश्वरस्थित शिव मन्दिरको वरिपरि सेतो कागको तस्बिर लिएका थिए। ५ वर्ष अगाडि काठमाण्डौको टोखा क्षेत्रमा स्थानीयले सेतो काग फेला परेको बताए पनि पहिचान हुन सकेको थिएन।

चराविद्हरु संसारमा कतै सेतो कागको छुट्टै प्रजाति नभएको बताउँछन्। सन १९८४ मा भारतका चराविद् सलिम अलीले भारतको बम्बई शहरमा सेतो काग भेटेका थिए । सेतो रगंको कागका विषयमा अन्तर्रा्ष्ट्रिय जर्नलहरुमा लेखहरु कमै मात्र रहेका छन्।

कागका प्रजाति
काग पन्छी वर्गअन्तर्गत पासारी फोर्मिस समूह तथा कर्भि्दिई परिवारभित्र पर्ने चरा हो। रिचार्ड ग्रिमेट र समूहबाट लिखित ‘नेपालका चराहरु’ भन्ने पुस्तकमा उल्लेख भएअनुसार नेपालमा टुङ्गा, टेमु, घर काग, कालो वा वन काग र राज काग गरी पाँच प्रजातिका काग रहेका छन्।
तीमध्ये हाम्रो गाउँघरमा पाइने कालो रङको वन काग र कालो खरानी रङको घर काग हुन। यी दुवै कागहरु विश्व संरक्षण संघको रेड डाटा बुकअनुसार ‘लिस्ट कन्सर्न’ सूचीमा सूचीकृत छन्।

सेतो कागको पहिचान
सेतो काग पहिल्यैै देखिए पनि पहिचान भएको थिएन। सेतो रङको काग ५ वर्ष पहिला टोखा क्षेत्रमा देखिएको भए पनि पहिचान हुन सकेको थिएन। स्थानीयबासीले त्यस क्षेत्रमा सेतो रङको काग रहेको बताउँदै आए पनि यो विषयमा अध्ययन अनुसन्धान गरिहरको समूहले अहिले पहिचान गरी तस्बिर लिन सफल भएका कारण प्राणी संरक्षण क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ।

भदौ १४ गते प्राणी शास्त्रका विज्ञ, विद्यार्थी तथा चराविद्हरु सम्मिलित एक समूहले गरेको एक अध्ययनको क्रममा काठमाण्डौ टोखा नगरपालिकाको टोखा ठूलो लाछीमा एउटा सेतो रङको वन काग फेला पारेको छ। जगन्नाथ अधिकारी, पूर्णमान श्रेष्ठ, सुवर्णराज घिमिरे, मोहनविक्रम श्रेष्ठ, सुमन सापकोटा र आनन्दकुमार श्रेष्ठको टोलीले यो विषयमा अध्ययन गरिरहेको छ।

टोखामा भेटिएको त्यो कागको शारीरिक बनावट, आनीबानी, रङ बाहेक सबै कालो कागसँग मिल्ने प्राणीशास्त्रका अध्येता जगन्नाथ अधिकारीले बताए। शरीर पुरै सेतो भए पनि ठुँड, खुट्टा र आँखा भने कालो भएको जानकारी दिँदै उहाँले ठुँडमाथि सेता रौँका रेशाहरु फैलिएको बताए।
त्रिवि परिसरमा पनि भेटिएको पनि थियो।

५ महिना अगाडि त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक डाक्टर विष्णुप्रसाद भट्टराई र जगन्नाथ अधिकारीले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको बगँैचामा सेतो काग रेकर्ड गरी फोटो लिन सफल भएको उनिहरु बताउछन्।

त्यो सेतो कागको शारिरीक बनावट र चालचलन घरकागसँग मिल्ने गरेको अधिकारीले बताए। त्यति बेला फेला परेको सेतो कागको पनि ठुँड, आखाँ र खुट्टा कालो छ भएको बताउँदै अधिकारीले टोखामा भेटिएको सेतो कागको जस्तो ठुँडमाथि मसिना सेता रौँ नभएको जानकारी दिए।

कालो काग सेतो हुनुको कारण
चराहरुमा हुने आकस्मिक रङ परिवर्तन वंशाणुगत गुणमा आउने उत्परिवर्तनबाट हुने गर्दछ। ली र केलर(१९५१)का अनुसार चराहरुमा हुने रङ परिवर्तनलाई चार भागमा हुने रङ परिवर्तनलाई अल्बुनिजम,ज्याथिज्म्, इरिक्रिज्म र मेलनिज्म् चार भागमा विभाजन गर्न सकिन्छ।

यीमध्ये अल्बुनिज्म भनेको आनुवांशिकतामा भएको असन्तुलनको कारण शरीरमा कालो दिने तत्व मेलानिन जम्मा गर्ने जिनको दुर्बलताले गर्दा हुने प्रा. डा. भट्टराई बताउछन्।

काठमाण्डौको टोखा र कीर्तिपुरमा भेटिएको यी दुई छुट्टाछुट्टै सेतो रङको कागमा पनि अल्बुनिज्मका कारण सेतो देखिएको हुन सक्ने बताउँदै प्रा. डा. भट्टराईले चौधरी र समूहको २०१३ मा ‘जू प्रिन्ट’मा प्रकाशित लेखको आधारमा अल्बुनिज्मकै कारण कागमा रङको परिवर्तन भएको अनुमान गर्न सकिने बताए।

यस्ता कागहरुको वंशानुगत रुपमा अनुसन्धान गर्नुपर्ने बताउँदै उनले अनुसन्धानकर्ताहरुमा एउटा चुनौती थपिएको उल्लेख गरे।

-राधेश्याम खतिवडा उज्यालो

Maruti Cement