सुमो दुर्घटनाः ३ को मृत्यु, ८ घाइते

Prabhu Bank

काठमाडौं।भीमफेदी गाउँपालिका ६ चिसापानीमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

Saftey Pads

हेटौंडा, कुलेखानी, फाखेल हुँदै काठमाडौँ रुटमा चल्ने ना १ ज ३६४० नम्बरको टाटा सुमो शुक्रबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका बताइएको छ।

दुर्घटनामा रामेछाप रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माइस्थान–६ बस्ने ७० वर्षीय बिरसिंह वाइवा र सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–३ का ६० वर्षीय महेन्द्र सहनीको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी जानकारी दिए।

घाइतेको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा
Maruti Cement