विशाल आँधीको चेतावनी, सतर्कता अपनाउन आग्रह

Prabhu Bank

काठमाडौं।शनिबार दक्षिण कोरियामा शक्तिशाली आँधी टाईफुन लिङलिङ आउने बताइएको छ।

Saftey Pads

अहिले उक्त आँधी जापानको ओकिनावा क्षेत्रबाट प्रतिघण्टा २० देखी ३० किलोमिटरका दरले कोरिया भित्रिने क्रम जारी रहेको कोरियाली मौसम विभागले जनाएको छ।

उक्त आँधीको कारण भारी वर्षा पनि हुन सक्ने कोरियाको समाचार संस्था ब्रीटबार्टले जनाएको छ। ९४० हेक्टोपास्कल चाप तथा ४७ मिटर प्रतिसेकेन्डको गतिमा रहेको उक्त आँधीले कोरियामा ठूलो क्षति निम्त्याउन सक्ने अनुमान गरिएको छ।

तसर्थ, विभिन्न सञ्चार माध्ययमहरुबाट सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै मोबाईल फोनको माध्ययमबाट पनि सतर्कताको लागि अलर्ट गरिएको छ।

मौसम विभागले कोरियाका बिभिन्न टापुमा आँधीको गति ५५ मिटर प्रति सेकेन्ड सम्म हुन सक्ने बताएको छ। आँधीले जेजु टापु तथा राजधानी सियोललाई समेत क्षति पुर्याउने अनुमान छ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने

हावाको गति जेजुमा १५० किलोमिटर प्रतिघन्टा हुने छ भने सोहि समयमा सियोलमा १४० किलोमिटर प्रतिघन्टाको बेग रहने समाचार एजेन्सी एक्प्रेस यूकेले जनाएको छ।

Maruti Cement