अदालतको आदेशपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित

Prabhu Bank

काठमाण्डौं। त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको शुक्रबार साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा. जगदीश अग्रवालले जानकारी दिए।

Saftey Pads

अग्रवालले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि आफूहरुले बैठक बसी शनिबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरेको बताए।

यही भदौ २१ गतदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बिडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको थियो ।

अन्य सम्बन्धित समाचार:  कोरोना अपडेट: २ हजार ३६४ संक्रमित थपिए, १७ जनाको मृत्यु
Maruti Cement