युवा


Prabhu Bank

हरियो बन नेपाली मन
नदि र नाला नागबेली चाला
बिर र वीरताको गाथा
गुन गुनाउँथे छिमेकी उ बेला
खै  कसको नजर लाग्यो
आउ युवा आउ देश बचाउ।

Saftey Pads

हिमाली बिरुवा जडिबुटी हाम्रो
बन्छ रे विदेशमा सञ्जीवनी राम्रो
लिन्छौ पैसा दलालले  मोलि मोलि
खान बाध्य छौ हामी सडेको गोली
खै कस्को नजर लाग्यो
आउ युवा आउ देश बचाउ।

विदेशीलाई लाखौ तिरेर
झोला र झाम्टा भिरेर
कमाउने झिनो आश ऋणको सकसमा
त्यसमाथि त्रास फर्किनु पर्ने बाकसमा
खै कस्को नजर लाग्यो
आउ युवा आउ देश बचाउ।

हिमाल पगालेर आउ
चट्टान फोरेर आउ
झरना सरी चिप्लेर आउ
नदि सरी सुसाएर आउ
आफ्नै माटोमा मगमगाउ
आउ युवा आउ देश बचाउ।

Maruti Cement