चन्द्रमामा पुग्ने भारतको सपना अधुरै

Prabhu Bank

काठमाडौं।भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याउने भनेर पठाएको चन्द्रयान–२ सम्पर्कबिहीन भएको छ।

Saftey Pads

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए।

चन्द्रयान–२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेबीचमा चन्द्रमामा अवतरण हुने बताइएको थियो।

आफ्ना वैज्ञानिकहरूको उपलब्धी तथा उनीहरूलाई हौसला दिन इसरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान–२ सँग सम्पर्क टुटेपछि निराश वैज्ञानिकहरूलाई यान त्यहाँसम्म पुग्नु सानो उपलब्धि नभएकोले त्यसमा सानो मन नगर्न भन्दै उनीहरूलाई ढाडस दिएका थिए।

भारतले गत ६ साउनमा यान अन्तरिक्षमा पठाएको थियो। ४७ दिनअघि भारतले चेन्नईनजिकैको सिरहारीकोट अन्तरिक्ष केन्द्रबाट चन्द्रयान २ लञ्च गरेको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरी लकडाउन

लञ्च हुनुअघि पनि अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै समय सारिएको थियो। चन्द्रयान–२ अवतरण हुने भनिएको ठाउँमा अहिलेसम्म कुनै यान पुगेका थिएनन्। पृथ्वीदेखि चन्द्रमाको दुरी ३ लाख ८४ हजार किलोमिटर छ।

चन्द्रयान–२ का लागि भारतले १४.१ करोड डलर लगानी गरेको छ। यसअघि अमेरिका, रूस र चीनले मात्र चन्द्रमाको सतहमा आफ्ना यान अवतरण गराएका छन्।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ पठाएको थियो। सतहमा अवतरण नभइकनै उक्त यानले चन्द्रमामा पानीको खोज गरेको थियो।

Maruti Cement