गुर्भाकोटमा भीषण आगलागी (भिडियो सहित)

सुर्खेत।
सुर्खेतको गुर्भाकोट स्थित मेहेलकुना बजारमा भीषण आगलागी भएको छ। शनिवार बिहान मेहेलकुना बजारमा व्यवसाय गरि बस्ने रामबहादुर बि.क.ले खाना पकाउँदा आगलागी भएको हो।

खाना पकाउँदा ग्यासमा बालिएको आगो, बिक्रीका राखिएको पेट्रोलमा सल्किएको थियो। मेहेलकुना बजारमा पेट्रोल पम्प नहुँदा कतिपय व्यवसायीहरूले बोतलमा पेट्रोल बेच्ने गरेका छन्।

आगलागीबाट तीनओटा पसल ध्वस्त भएको भएपनि क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको गुर्भाकोट ८ का वडाध्यक्ष चित्रबहादुर रेग्मीले नेपाली पत्रिकालाई बताए। स्थानीय स्तरमा दमकल नभएको कारणले पनि क्षति न्यूनिकरण गर्न नसकिएको वडाध्यक्ष रेग्मीको भनाई छ।

स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ। घटनास्थलमा आगो नियन्त्रणमा लिईसकेपछि मात्रै दमकल आइपुगेको थियो।

 

तपाईंको प्रतिक्रिया/टिप्पणी