नेकपा अध्यक्षको एकल जिम्मेवारी प्रचण्डलाई

Prabhu Bank

काठमाण्डौं।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताएका छन्। रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस शुरु भइरहेको बताए।

Saftey Pads

ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने जिकिर गरे। पार्टीका नेताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको बताउँदै ज्ञवालीले अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटीको अध्यक्षका रुपमा समेत कार्यरत रहेको बताए।

अन्य सम्बन्धित समाचार:  आइतबार महानवमी पर्व, बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
Maruti Cement