ट्रक दुर्घटनाः दुईजनाको मृत्यु, दुई घाइते

Prabhu Bank

काठमाडौं।इलाममा शनिबार ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

Saftey Pads

इलामबाट झापातर्फ बाँस बोकेर गइरहेको मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट ५० मिटर तल खस्दा चालकसहित दुई जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा एक जना झापाको दमक नगरपालिका–५ का ध्रुब कार्की रहेको प्रहरीले जनाएको छ। मृतकको भाउजुले प्रहरीलाई फोन गरेर ट्रकको चालक मेरो देवर हो भनेको आधारमा उनको पहिचान गरिएको इलामबाट प्रहरी निरीक्षक रमेश राईले जनाकारी दिए।

अर्का एक जनाको भने सनाखत हुन सकेको छैन। उनको शव ट्रकमुनि किचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको भने बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङ: फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल
Maruti Cement