बजेट विनियोजन गर्दा कर्णालीलाई प्राथमिकता देऊः डा. महत

Prabhu Bank

काठमाण्डौं। नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशको अथाह सम्भावना बोकेको कर्णाली क्षेत्रको राज्यले त्यस क्षेत्रमा विकास गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र शनिवार राजधानीमा आयोजना गरेको ‘छात्रवृत्ति वितरण कार्यक्रम’ मा महतले सरकारले कर्णाली प्रदेशमा बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने बताए।

Saftey Pads

पर्यटन, जडीबुटी र जलविद्युतको प्रचुर सम्भावना भएको कर्णालीमा यातायात सुविधा पु¥याएर मुलुकले फाइदा लिनुपर्नेमा उनको जोड थियो। सरकारले बजेट विनियोजन गर्दा कर्णाली प्रदेशलाई प्राथमिकतामा राख्नुपर्ने महतको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिका सहित)
Maruti Cement