कार्यकर्तालाई सडक संघर्षका लागि तयार रहन देउवाको निर्देशन

Prabhu Bank

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीविरुद्ध सडक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन गरेका छन्।

Saftey Pads

नेपाली कांग्रेस अछाम काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मूल्य मान्यतामाथि हस्तक्षेप गर्दै आएको भन्दै त्यस विरुद्धको संघर्षको तयारी गर्न कार्यकर्तालाई निर्देशन गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेृतत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको तथा मानवअधिकार आयोग र नेपाली सेनालाई पनि आफू मातहत राख्न खोजेको आरोप लगाए।

उनले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीको नेपाली कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी नै दिए।

अन्य सम्बन्धित समाचार:  नख्खुमा कारले ठक्कर दिँदा युवकको मृत्यु
Maruti Cement