साझा पार्टीको झापा,धरान र इटहरी उप-महानगरपालिका संयोजक चयन

इटहरी। राजनीतिक धारका रुपमा मुलुककै तेश्रो धारको नेतृत्व गरिरहेको साझा पार्टीले एक नम्बर प्रदेश अन्तर्गत झापा जिल्लाको संयोजकमा मेदनी प्रसाईंलाई चयन गरेको छ । यसै गरी पार्टीले धरान उप-महानगरपालिकाको संयोजकमा सुदन श्रेष्ठ र इटहरी उप-महानगरपालिकाको संयोजकमा रोशन बस्नेतलाई चयन गरेको छ ।
झापा,इटहरी र धरानमा आयोजित छुट्टा छुट्टै समारोहमा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रको विशेष उपस्थितिमा एक नम्बर प्रदेशका संयोजक अनिल भेटवालले नव नियुक्त संयोजक त्रय प्रसाईं, श्रेष्ठ र बस्नेतलाई माटोको टीका लगाएर पदस्थापन गर्नु भएको हो ।

संयोजक चयनपछि प्रतिक्रिया दिदै एक नम्बर प्रदेशका संयोजक अनिल भेटवालले संगठन विस्तारलाई अझ तिब्रता दिने बताए । ‘राजधानी पछी सबैभन्दा शिक्षित जनसंख्या रहेको भनिएपनि एक नम्बर प्रदेश अतीनै राजनीतिकरणको चपेटामा परेको छ, परम्परागत राजनीतिक जालोबाट मुक्त गर्दै सुसंस्कृत राजनीतिमा सामेल गर्ने अभियान चुनौतिपूर्ण भए पनि सफलताउन्मुख छ’ भेटवालको भनाइ छ ।

धरानका प्राज्ञिक, व्यवसायिक र समाजका अग्रजहरुले अत्यन्त चासोका साथ साझा पार्टीलाइ नियालिरहेको भन्दै संयोजक भेटवालले अग्रज धरानेहरुले आगामी उप चुनावमा मेयरका लागि योग्य र असल उमेद्वार प्रस्तुत गरे, जिताइ छोड्ने प्रतिबद्धता जनाएको सुनाउनु भयो । नव नियुक्त संयोजक त्रयले पनि आफु इमान्दारिताकासाथ संगठन निर्माण गर्दै मुलुकको संवृद्धि अभियानमा होमिने प्रतिबद्धता ब्यक्त गरे ।

तपाईंको प्रतिक्रिया/टिप्पणी