क्रिकेटका भेट्रान स्पिनर अब्दुल कादिरको निधन

काठमाडौं। पाकिस्तान क्रिकेटका भेट्रान स्पिनर अब्दुल कादिरको निधन भएको छ । ६३ वर्षिय कादिरको ह्दयघातका कारण निधन भएको हो । कादिर आफ्नाे समयका विश्व प्रशिद्ध लेग स्पिनर थिए ।

सन् १९७७ देखि सन् १९९३ सम्मको उनको क्रिकेट जिवनका क्रममा उनी विश्वका सबैभन्दा खतरनाक स्पिनरका रुपमा चिनिन्थे । कादिरलाई स्पिनको जादुगर भनिन्थ्यो ।
कादिरले पाकिस्तानकालागि ६७ टेस्ट म्याच र १ सय ४ एक दिवसिय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जस क्रममा टेस्ट जीवनमा उनले २ सय ३६ विकेट लिएका थिए भने वन् डे मा १ सय ३२ विकेट लिएका थिए ।

सन् १९९३ मा खेल जीवनबाट सन्यास लिएपछि कादिर केहि समय कमेन्ट्रेटर र पाकिस्तान क्रिकेटका प्रमुख चयनकर्ता पनि भए ।

कादिरको निधनमा पाकिस्तान लगायत विश्वभरीका क्रिकेट खेलाडीहरुले शोक व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया/टिप्पणी