राणाकालीन चर्चित समाजसेवी ‘काले दमाई’ अव पुस्तकमा

इलाम। राणाकालीन समयका इलामे समाजसेवी काले दमाईको जीवनी अब नाटकका रुपमा पढ्न पाइने भएको छ । राणाकालमै ठुला-ठुला पुल पुलेसा र निर्माणदेखि सामाजिक काम गरेर चर्चा कमाएका समाजसेवी काले दमाईकोबारे काले राइको नामबाट चर्चित बेदान्तचार्य डाक्टर स्वामी प्रपन्नाचार्यले विभिन्न लेख मार्फत उनको जिबनी सार्वजनिक गर्दै आएका थिए ।
यसैबीच डा देवी क्षेत्री दुलालले समाजसेवी काले दमाईको जीवनी नाटकमै उतारेका हुन् ।दुलालद्वारा लिखित नाटक ‘काले दमाई’ को हालै इलाममा विमोचन गरिएको हो। प्राडा गोविन्दराज भट्टराईले कृतिको विमोचन गरे। पुस्तकमाथि बोल्दै प्राडा भट्टराईले नाटकले इतिहासलाई जीवन्त बनाएको चर्चा गरे। उनले अब साहित्यमा निमुखा, सीमान्तकृत र दु:खीहरुको अध्ययन जरुरी रहेकोमा जोड दिए।

सोही समारोहमा बालिका थपलियाको कविता संग्रह ‘प्रणयपथ’को विमोचन गरियो ।
दुवै कृतिका बारेमा अग्रज लेखक रविमान लम्जेलले टिप्पणी गरेका थिए। थपलियाको भाषाको प्रशंसा गर्दै प्राडा गोविन्दराज भट्टराईले कविताले प्रेमको गहिरो अनुभूति गराउने बताए। कार्यक्रममा दुलालले नाटकको संवाद सुनाए भने थपलियाले ‘अक्षरको अंकुरण’ कविता वाचन गरिन्। कार्यक्रम चेतना नाट्य समूहले आयोजना गरेको हो।

तपाईंको प्रतिक्रिया/टिप्पणी