विश्वकप छनौटः नेपालको ऐतिहासिक जित

काठमाडौं।विश्वकप छनौटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध ऐतिहासिक जित निकालेको छ।

सन् २०२२ मा कतारमा हुने विश्वकपको छनौटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो।

नेपालको लागि अन्जन विष्टले दुवै गोलको योगदान गरे। अन्जनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै, दोस्रो हाफको ६३ औं मिनेटमा उनले नै थप एक गोल गरेका थिए।

नेपाल छनौट चरणको पहिलो खेलमा कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो। आजको जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’ तेस्रो स्थानमा उक्लेको छ।

नेपालले आजको खेलमा जित निकालेसँगै विश्वकप छनौटमा आफ्नो सम्भावना बलियो बनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी