भागदौड हुँदा १६ को ज्यान गयो, सयौं घाइते

काठमाडौं।इराकको करबालास्थित एक मस्जिदमा भागदौड हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।

असौरा पर्व मनाउने क्रममा मंगलबार भेला भएको भीडबीच भागदौड हुँदा १६ जनाको ज्यान गएको हो। घटनामा ७५ भन्दा धेरै तिर्थालु घाइते भएका बताइएको छ।

घटनास्थल राजधानी बगदादको १ सय किलोमिटर पश्चिमतर्फ पर्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल बद्रका अनुसार घाइतेको संख्या अझै बढ्न सक्छन्। घटनाको बाँकी विवरण आउन बाँकी छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी