विप्लवका छोरा प्रकाश पक्राउ

चितवन। सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाशलाई चितवन प्रहरीले पक्राउ गरेको छ। प्रकाशलाई बुधबार चितवन मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको हो।

उनीसँगै अन्य १५ जना विद्यार्थीलाई पनि पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् ।

आन्दोलनकारीहरूले अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी