बलात्कार आरोपमा इन्जिनियर चन्द पक्राउ

बैतडी। बलात्कार आरोपमा प्रहरीले बैतडीमा इन्जिनियरलाई पक्राउ गरेको छ।

मेलौली नगरपालिकाका २७ वर्षे इन्जिनियर रोशन चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार स्थानीय १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी आरोपमा इन्जिनियर चन्दलाई पक्राउ गरिएको हो। किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए।

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुँदा अनुसन्धानका लागि उनलाई डडेल्धुरा पठाउने तयारी भएको प्रहरी निरिक्षक चन्दले बताए। सब–इन्जिनियर पढ्दै गरेकी ती किशोरी मेलौली नगरपालिकामा प्रशिक्षार्थी भएर गएकी थिइन्।

तपाईंको प्रतिक्रिया/टिप्पणी