नेकपा सचिवालय बैठकः उपनिर्वाचनको लागि दल दर्ताको जिम्मेवारी महासचिवलाई

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उपनिर्वाचनको लागि दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव पौडेललाई दिएको प्रवक्ता तथा प्रचार–प्रसार विभाग प्रमुखसमेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप गृहकार्य गरेपछि पार्टी एकताका बाँकी काम टुंगो लगाउन सचिवालय बैठक फेरि बस्ने छ। नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटिलगायतका विभिन्न निकायको एकता टुंगो लाग्न बाँकी छ।

केन्द्रीय विभागहरुको प्रमुख–उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन् ।

तपाईंको प्रतिक्रिया/टिप्पणी