संविधान दिवसः प्रदेश–२ मा भव्यताका साथ मनाइयो

काठमाडौं । २ नम्बर प्रदेशमा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा रहेको समितिले बिहान जानकी मन्दिरबाट मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी निकालेको हो।

प्रभातफेरीमा मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख र कर्मचारी अधिकारीहरुको सहभागिता रहेको थियो।

दिवसको पुर्वसन्ध्यामा हिजो साँझ मुख्यमन्त्री कार्यलयमा दिपावली गरिएको थियो।

तपाईंको प्रतिक्रिया/टिप्पणी