वडा कार्यालयमा आगजनी हुँदा सामान तथा कागजपत्र जलेर नष्ट

काठमाडौं । बझाङको केदार स्युँ गाँउपालिका ७ को वडा कार्यालयमा आगजनी भएको छ।

शनिबार राति वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन्। आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेर नष्ट भएको छ।

वडा कार्यालयमा आगजनी कस्ले र र किन गरेको हो भन्नेबारे खुलेको छैन्। घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररीचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए।

वडा कार्यालय पुग्न करीब चार पाँच घण्टाको पैदल यात्रा गनुपर्ने हुनाले प्रहरी पुगेपछी मात्र यर्थाथ विवरण पत्ता लाग्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया/टिप्पणी