काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।

काँग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज १० गते दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन गरिएको छ।

बैठकमा नेविसंको नेतृत्व र पार्टीका विभाग गठनबारे छलफल हुने काँग्रेसले जनाएको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी