साफ यू–१८ फुटबलः नेपाल भुटानसँग पराजित

काठमाडौं । यू–१८ फुटबल साफ च्याम्पियनसीपमा डिफेन्डिङ च्याम्पियन नेपाल भुटानसँग पराजित भएको छ।

पहिलो हाफमै पछाडि परेको नेपाल ३–० गोल अन्तरले पराजित भयो। एकपछि अर्को राम्रो अवसर गुमाएको नेपालले खेलको ४०औं मिनेटमा गोल खानु परेको थियो।

दोस्रो हाफमा भने भुटानले दुई गोल थप र्गयो। पराजयसँगै नेपाल सेमिफाइन पुग्ने संभावना लगभग सकिएको छ।

यसअगाडि माल्दिभ्स विरुद्धको खेलमा नेपाल एक–एक गोलको बराबरीमा रोकिदै अंक बाड्न पुगेको थियो।