साझा युवा संगठनको केन्द्रीय समिति घोषणा

काठमाडौं । साझा पार्टीले आफ्नो युवा संगठन साझा युवा संगठनको केन्द्रीय समिति घोषणा गरेको छ। आइतबार राजधानीको राष्ट्रियसभा गृहमा घोषणा सभाको आयोजना गरि संगठनले २१ सदस्यीय केन्द्रिय समिति घोषणा गरेको हो।

पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको संगठनले पहिलो चरणको केन्द्रीय समिति घोषणा गरेको हो।
साझा युवा संगठनमा प्रिया सिग्देल सहसंयोजक, सरोज गौतम महासचिव, मनोज पहाडी संगठन विभाग प्रमुख रहेका छन्।

यस्तै सदस्यहरुमा प्रशान्त बिक्रम सापकोटा, प्रकृति पहाडी, जितेन्द्र खतिवडा, शिवराज वेलवासे, सरोज नेपाल, रोहित चन्द, सौंजन डिसी, जिनत राई, लक्ष्मी घिमिरे, पदम बहादुर मगर, प्रेक्षा शाक्य, सुस्मिता पोखरेल, रामकुमार यादव, टंक प्रशाद जैशी, सुवास खत्री, प्रकाश आचार्य, आर्जु लोहनी र बर्षा रिसाल रहेका छन्।

घोषणा सभामा पार्टीका संयोजक रवीन्द्र मिश्रले संबोधन गरेका थिए। साझा पार्टीले आंगिक संगठनको रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन बनाउने निर्णय गरिसकेको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी