कारले ठक्कर दिँदा अमेरिकामा एक नेपालीको मृत्यु

काठमाडौं । कारको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ। दुर्घटनामा परी तीन हप्ता अघिमात्रै अमेरिका गएका बर्दिबास महोत्तरी घर भएका ५८ वर्षे विष्णुप्रसाद सापकोटाका बिहिबार मृत्यु भएको हो।

बिहान मर्निङ वाक गर्दागर्दै बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको केन्टुकी नेपाली समाजले जानकारी दिएको छ। श्रीमानको मृत्यु भएको खबर पाउनेबित्तिकै बेहोस भएकी बिमला सापकोटाको युनिभर्सिटी अफ केन्टुकी हस्पिटलमा उपचार भइरहेको छ।

विष्णुप्रसाद छोरी बिनिता सापकोटा र ज्वाईं रोशनराज घिमिरेलाई भेट्न अमेरिकाको केन्टुकीस्थित लेक्सिङ्टन पुगेका थिए। केन्टुकी नेपाली समाजले रोशनराज र बिनिता सापकोटालाई सहयोग स्वरुप ५० हजार डलर सहयोगको घोषणा गरेको छ।

तपाईंको प्रतिक्रिया/टिप्पणी